Discounts & Offers Policy

छुट तथा अफर नीति

हामी हाम्रा ग्राहकलाई किफायती मूल्यमा सामान खरीद गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न छुट तथा अफरहरू उपलब्ध गराउँछौँ । नेपालका लागू ऐन–कानुन अनुसार सबै छुट तथा अफरहरू पारदर्शी, स्पष्ट र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन् । हामी कुनै पनि छुट वा अफर योजना सुरु, परिवर्तन, स्थगन वा समाप्त गर्ने सम्पूर्ण अधिकार राख्छौँ, र आवश्यक परेमा पूर्वसूचना बिना पनि परिवर्तन गर्न सक्छौँ ।

छुट र अफर लागू हुने अवस्थाहरू

छुट वा अफर निम्न आधारमा लागू हुन सक्छन्:

  • कार्टमा रहेका वस्तुको संख्यामा आधारित छुट
  • अर्डरको कुल रकमको आधारमा छुट
  • स्टोर–विशेष वा स्थान–विशेष छुट
  • समय–सीमित तथा उत्सव/अवसर छुट
  • ब्रान्ड वा श्रेणी–विशेष अफर
  • उपलब्ध स्टकमा आधारित छुट

छुट र अफर लागू नहुने अवस्थाहरू

निम्न अवस्थामा छुट वा अफर लागू नहुन सक्छ:

  • छुटका लागि योग्य नभएका वस्तुहरू कार्टमा समावेश भएको अवस्थामा
  • छुट/अफरका लागि छुट्याइएको स्टक सकिएको अवस्थामा
  • न्यूनतम अर्डर मूल्य वा न्यूनतम वस्तु संख्या पूरा नभएको अवस्थामा
  • एउटै अर्डरमा धेरै अफर वा कुपनहरू सँगै लागू नहुने अवस्थामा
  • तेस्रो पक्षको मूल्य निर्धारण वा आपूर्ति समस्यामा परेमा

छुट र अफरको पारदर्शिता

  • सबै छुट तथा अफरहरू Pasal Nepal प्लेटफर्ममा स्पष्ट रूपमा प्रदर्शन गरिन्छन् ।
  • छुट/अफर लागू भएपछि ग्राहकले तिर्नुपर्ने अन्तिम भुक्तानी रकम अर्डर कन्फर्मेसन पेजमै देखिन्छ ।
  • छुट लागू नहुने अवस्थामा र कारण ग्राहकलाई अर्डर गर्दा नै देखाइन्छ ।

सीमितता

  • सबै छुट तथा अफरहरू "पहिले आउने, पहिले पाउने" आधारमा लागू हुन्छन् ।
  • छुट केवल प्रणालीले योग्यता पूरा गरेको अर्डरहरूमा मात्र लागु हुन्छ ।
  • अफरहरू ट्रान्सफरेबल हुँदैनन् र नगद रूपमा दाबी गर्न मिल्दैन ।

गलत प्रयोग रोकथाम

हामी निम्न अवस्थाहरूमा छुट वा अफर अस्वीकार वा रद्द गर्न अधिकार राख्छौँ:

  • छुट/अफरको दुरुपयोग देखिएमा
  • बारम्बार कुपन वा अफरको अनधिकृत प्रयोग भएमा
  • फर्जी अर्डर, दोहोरो अर्डर वा प्रणाली छल्ने प्रयास देखिएमा

यस्ता अवस्थामा अर्डर स्वतः रद्द हुन सक्छ ।

नीति परिवर्तन

हामी बजार स्थिति, स्टक उपलब्धता वा व्यवसायिक आवश्यकताका आधारमा छुट तथा अफर नीति कुनै पनि बेला परिवर्तन गर्न सक्छौँ ।
नीति परिवर्तनको सूचना प्लेटफर्ममै उपलब्ध गराइनेछ ।

गुनासो व्यवस्थापन

छुट वा अफरसम्बन्धी कुनै पनि जिज्ञासा वा गुनासो भएमा हाम्रो ग्राहक सेवा टोलीसँग सम्पर्क गर्नुहोस्,
वा ०६१-५६५४०१ मा फोन गरी म्यानेजरसँग कुरा गर्न अनुरोध गर्नुहोस् ।


Discounts & Offers Policy

Pasal Nepal offers a variety of discounts and promotional offers to encourage customers to shop more and save more. In compliance with Nepal’s applicable laws (including the Consumer Protection Act, 2075), all discounts and offers are presented clearly, transparently, and fairly.
We reserve the full right to start, modify, pause, or discontinue any discount or offer at any time, with or without prior notice.

When Discounts & Offers Apply

Discounts and offers may apply under the following conditions:

  • Cart-based item count discounts
  • Discounts based on total order value
  • Store-specific or region-specific offers
  • Time-bound, festival, or seasonal promotions
  • Brand-specific or category-specific deals
  • Stock-based discount eligibility

When Discounts & Offers Do Not Apply

Discounts or offers may not apply in the following conditions:

  • Items in the cart are not eligible for discounts
  • Discount-eligible stock is sold out
  • Minimum order value or item quantity is not met
  • Multiple offers or coupons cannot be applied together
  • Issues with third-party pricing or supply constraints

Transparency of Discounts & Offers

  • All active discounts and offers are visibly shown on the Pasal Nepal platform.
  • The final payable amount after applying the discount is shown clearly during checkout.
  • If a discount is not applicable, the system will display the reason before order confirmation.

Limitations

  • All discounts and offers are provided on a first-come, first-served basis.
  • Discounts apply only to orders that meet the system-defined eligibility.
  • Offers are non-transferable and cannot be redeemed for cash.

Abuse Prevention

We reserve the right to reject or cancel discounts/offers in the following circumstances:

  • Suspicion of misuse or abuse of offers
  • Unauthorised repeated use of coupons or offers
  • Fake, duplicate, or system-manipulated orders

Such orders may be automatically cancelled.

Policy Changes

We may update or modify our discount and offer policies at any time based on market conditions, stock availability, or business needs.
Any updates will be published on our platform.

Grievance Handling

For any questions or complaints regarding discounts or offers, please contact our customer service team
or call our hotline at 061-565400 and request to speak with a manager.