Returns & Refund Policy

फिर्ता नीति

हामी तपाईंको खरिद सन्तोषजनक होस् भन्ने चाहन्छौं, तर कहिलेकाहीँ सामान फिर्ता गर्नु पर्ने परिस्थिति आउन सक्छ । नेपालको ऐन-कानुन अनुसार पनि सबै ग्राहकले आफूले खरिद गरेको सामान फिर्ता गर्ने र रकम फिर्ता पाउने अधिकार पाएका छन् । हामी मिल्ने अवस्थामा सजिलो र छिटो गरि सामान फिर्ता लिन र रकम फिर्ता दिन प्रतिबद्ध छौं ।

सामान फिर्ता हुने अवस्थाहरू

  • खराब भएको वस्तु पाएको अवस्थामा
  • बिग्रे काम नलाग्ने भएको सामान पाएको अवस्थामा
  • खरिद गरको भन्दा फरक वस्तु पाएको अवस्थामा
  • म्याद सकिएको वस्तु पाएको अवस्थामा
  • वस्तुको मुल्य, आकार वा विशेषता गलत भएको अवस्थामा

फिर्ता गर्ने समय सीमा

डेलिभरी भएको २४ घण्टा भित्र फिर्ता प्रक्रिया सुरु गर्नु पर्छ ।

फिर्ता गर्न नमिल्ने वस्तुहरू

स्वास्थ्य सुरक्षाका कारण हामी यी वस्तुहरू फिर्ता लिन सक्दैनौं:

  • प्याक गरिएको खाद्यान्न खोलिएको अवस्थामा
  • बिग्रन सक्ने सामान (जस्तै ताजा तरकारी, दूधजन्य वस्तु, मासु)
  • फ्रिजमा राखिएका वस्तुहरू
  • व्यक्तिगत प्रयोगका वस्तुहरू जसलाई सजिलै खोलेर प्रयोग गर्न सकिन्छ
  • दुरुस्तै अवस्थामा नभएका वस्तुहरू

फिर्ता गर्ने सर्तहरू

  • वस्तुहरू प्रयोग नगरिएको र ओरिजिनल प्याकिङमै हुनुपर्छ ।
  • प्रोडक्टमा लागेको स्टिकर जस्ताको तस्तै हुनु पर्छ ।
  • सामान किन्दाको बिल वा अर्डर कन्फर्मेसन देखाउनुपर्ने हुन्छ ।

सामान साटफेर

हामी खरिद गरिएका वस्तुहरू साटफेर गर्न सक्दैनौं ।

मन परिवर्तन

डेलिभरी पछि मन परिवर्तन भएर सामान फिर्ता गर्न चाहनुभयो भने हामी फिर्ता गर्न सक्दैनौं । प्रत्येक डेलिभरीमा लागत लाग्ने भएकाले यस्तो अवस्थामा सामान फिर्ता वा साटफेर सम्भव छैन ।

फिर्ता प्रक्रिया

फिर्ता सुरु गर्न तल दिएका प्रक्रिया अनुसार गर्नुहोस्:

  1. तोकिएको समयभित्र ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस् ।
  2. हाम्रो टिमले वस्तु कहिले फिर्ता लिन आउने भन्ने जानकारी दिन्छ ।
  3. हाम्रो डेलिभरी पार्टनरले तपाईंको घरबाट वस्तु फिर्ता लिने आउने भन्ने जानकारी दिन्छ ।
  4. वस्तु फिर्ता लिनु अघि र पसलमा पुगेपछि जाँच गरिनेछ ।
  5. सामानहरू फिर्ता गर्न योग्य भएमा फिर्ता प्रक्रिया अघि बढाइनेछ ।

रकम फिर्ता प्रक्रिया

यदि वस्तु फिर्ता योग्य भयो भने तपाईंलाई रकम फिर्ता गरिनेछ ।

नगद भुक्तानी गरेको अवस्थामा

डेलिभरी पार्टनरले तपाईंलाई नगदमा रकम फिर्ता गर्नेछ । यसको लागि हाम्रो डेलिभरी पार्टनरले तपाईंलाई फोन गरि समय जानकारी गराउनु हुनेछ ।

QR भुक्तानी गरेको अवस्थामा

हाम्रा ग्राहक सेवा प्रतिनिधिहरूले तपाइँलाई QR मार्फत भुक्तानी गर्नुभएको रकम फिर्ता गर्नु हुनेछ । यो प्रक्रियामा ३–५ दिनसम्म लाग्न सक्छ ।

क्रेडिट कार्ड भुक्तानी

हाम्रो ग्राहक सेवा प्रतिनिधिहरूले तपाइँलाई क्रेडिट कार्ड मार्फत गर्नुभएको रकम फिर्ता गर्नु हुनेछ । यो प्रक्रियामा ३–५ दिनसम्म लाग्न सक्छ ।

दुरुपयोग रोकथाम

फिर्ता नीति अनुसार फिर्ता गर्न नमिल्ने वा दुरुस्तै अवस्थामा नरहेका वस्तुहरू हामीले फिर्ता नगर्न सक्छौं । पटक–पटक फिर्ता गरिएको देखिएमा दुरुपयोग मानिनेछ र फिर्ता प्रक्रिया अघि बढाइने छैन ।

गुनासो व्यवस्थापन

फिर्ता वा रकम फिर्ता सम्बन्धी कुनै पनि जिज्ञासा वा गुनासो भएमा हाम्रो ग्राहक सेवा टोलीसँग सम्पर्क गर्नुहोस् वा ०६१-५६५४०१ मा फोन गरी म्यानेजरसँग कुरा गर्न अनुरोध गर्नुहोस् ।


Return Policy

Pasal Nepal strives to ensure customer satisfaction with all purchases. However, we understand that sometimes returns may be necessary. Also, returns and refunds are the rights guaranteed to Nepalese customers by Nepal's Consumer Protection Act. We are committed to providing a hassle-free return and refund process to our customers in eligible cases.

Eligible Cases

We accept returns in the following cases:

  • Damaged products
  • Defective products
  • Incorrect items
  • Expired products
  • Wrong product variant

Time Limit

Returns must be initiated within 24 hours of delivery.

Non-Returnable Items

For health and safety reasons, we cannot accept returns on the following items.

  • Opened packaged foods
  • Perishable items (e.g., fresh produce, dairy, meat)
  • Frozen or chilled items that are not as cold as they should be
  • Personal care products without proper sealing
  • Items that are not in the original condition

Conditions for Return

  • Items must be in their original packaging and unused.
  • The sticker label on the product must be intact.
  • A valid receipt or order confirmation is required for all returns.

Exchange Policy

We do not offer exchanges for purchased items.

Change of Mind

We do not offer refunds for change of mind after the items are delivered. Each delivery incurs us a delivery cost, so we cannot offer returns or exchanges for change of mind.

Return Process

Please follow the steps below to initiate a return:

  1. Contact our customer service within the specified time frame.
  2. Our team will tell you when we will be able to pick up the items.
  3. Our delivery partner will pick up the items from your doorstep.
  4. Items will be inspected before pick-up and after the items are returned to the store.
  5. If the items are eligible for return, we will process the return.

Refund Process

If the items are eligible for refund, we will process the refund.

Cash Payment

Our delivery partner will refund the amount to you in cash.

QR Payment

Our customer support team will refund the amount to you via QR payment. The refund process will take 3-5 business days due to the payment service operator's processing time.

Credit Card Payment

Our customer support team will refund the amount to your credit card. The refund process will take 3-5 business days due to the payment bank's processing time.

Abuse Prevention

We reserve the right to refuse refunds that do not meet the return criteria, or if the items are not in the original condition. Repeated returns will be considered as abuse, and we will not process the return.

Grievance Handling

For any questions or concerns about our refund policy, please contact our customer service team, or call our hotline number 061-565401 and request to speak to a manager.